सिलगढी: सिलगढी नजिकैको फराबारी नेपाली बस्ती क्षेत्रमा १५ फिट लामो अजिंगर फेला परेपछि क्षेत्रमा सनसनी फैलिएको छ। जानकारीका अनुसार आज केही स्थानीयवासीले एउटा विशाल अजिंगरले बाख्रा निलिरहेको देखे। त्यसपछि घटनाको जानकारी डबग्राम रेन्जलाई दिइएको थियो। खबर पाएलगत्तै वन कर्मचारीले घटनास्थल पुगेर अजिंगरलाई बरामद गरेका थिए। अजिंगरलाई बैकन्थपुर जंगलमा छाड्ने बताइएको छ।