शुभेन्दु अधिकारी सिलगढीबाट रायगञ्ज प्रस्थान, उपचुनावको प्रचारप्रसार गर्ने

IMG-20240708-WA0136

 सिलगढी: भाजपाका वरिष्ठ नेता तथा विपक्षी नेता सुभेन्दु अधिकारी आज कोलकाताबाट बागडोग्रा एयरपोर्ट पुगे, अनि सिधै सडकबाट रायगञ्ज प्रस्थान गरे। उनले रायगञ्जमा भाजपा उम्मेदवारको लागि प्रचार गर्नेछन्l देशका ती भागहरूसहित पश्चिम बंगालको चार विधानसभा सीटहरूको लागि जुलाई १० मा चुनाव हुँदैछ। जुलाई १० मा कोलकाता मानिकतला, उत्तर २४ परगनाको रानाघाट, दक्षिण बग्दा र रायगञ्जमा चुनाव हुँदैछ। भाजपाले मानस कुमार घोषलाई रायगञ्ज विधानसभा सीटबाट उम्मेदवार बनाएको छ भने तृणमूल कांग्रेसले रायगञ्जबाट कृष्ण कल्याणीलाई उम्मेदवार बनाएको छl त्यसैले यो चुनावमा कडा प्रतिस्पर्धा हुने सम्भावना छ। यस्तो अवस्थामा शुभेन्दु अधिकारीले चुनाव प्रचारका क्रममा तृणमूल कांग्रेसलाई कसरी घेरा हाल्छन् भन्ने कुराको नजरमा रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement