सिक्किममा सरकारी मेडिकल कलेज स्वीकृत भएपछि थपियो नयाँ कोषेढुङ्गा

WhatsApp-Image-2024-07-08-at-15.17.17

गान्तोक: सिक्किममानयाँ सरकारी मेडिकल कलेज स्वीकृत भएपछि अब शिक्षाको क्षेत्रमा नयाँ कोषेढुङ्गा स्थापित भएको छl पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाएको सिक्किमले अब शिक्षाको क्षेत्रमा नयाँ पहिचान स्थापित गर्न छलाङ मारिसकेको छl सिक्किममा नयाँ सरकारी मेडिकल कलेज स्वीकृत भएको शुभ समाचारले सिक्किमेली सर्वसाधारणमा खुशीको लहर छाएको छ। सिक्किम क्रान्तिकारी मोर्चा पार्टी (एसकेएम) को सरकारले राज्यमा सरकारी मेडिकल कलेज हुनुपर्छ भन्ने पक्षमा उभिएर भारत सरकारलाई  आवेदन गर्दै आइरहेको एसकेएमका प्रचारप्रसारका मुख्य समन्वयक विकास बस्नेतले एक प्रेस विज्ञप्तिमा बताएका छन्l

 सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको केन्द्र सरकारसँगको सुमधुर सम्बन्धको गहिराइका कारण अन्तत: आज राज्यले यो उल्लेखनीय विकास हासिल गर्न समर्थ बनेको उनले बताएका छन्। विज्ञप्तिमा उनले यसो भनेका छन्, ‘मुख्यमन्त्रीको अटल प्रयास अनि प्रधानमन्त्री नरेन्द्र मोदीलगायत केन्द्रीय नेताहरूसँगको प्रबल सम्बन्धका बलियो प्रमाणको रूपमा आज स्वीकृत सिक्किम मेडिकल कलेज देखा परेको छ। यो नयाँ संस्थानले सिक्किमको शैक्षिक र स्वास्थ्य परिदृश्यमा महत्त्वपूर्ण माइलखुट्टीका रूपमा परिचय बनाउनसँगै राज्यलाई मेडिकल हब बनाउनका लागि विशेष भूमिका निर्वाह गर्नेछ। यो सिक्किमका लागि भएको ऐतिहासिक विकास हो भने यसले राज्यमा चिकित्सा शिक्षालाई बढावा दिनेछ। यस उल्लखनीय विकासका लागि प्रधानमन्त्री नरेन्द्र मोदी साथै स्वास्थ्य एवं परिवार कल्याणमन्त्री जेपी नड्डा अनि राष्ट्रिय चिकित्सा आयोगको सिक्किमप्रति रहेको सदाशयको कदर गर्दै एसकेएम पार्टी सिक्किमेली जनताको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दछ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement