विम्बल्डनः कार्लोस अल्काराज र सिनर क्वार्टर फाइनलमा, कोको गौफ बाहिर

photocollage_202478163345294

लण्डन: गत च्याम्पियन कार्लोस अल्काराजले उत्कृष्ट प्रदर्शनको क्रम जारी राख्दै सालको तेस्रो ग्राण्ड स्ल्याम टेनिस टुर्नामेण्ट विम्बल्डनको क्वार्टर फाइनलमा प्रवेश गरे। अल्काराजले फ्रान्सीसी खेलाड़ी उगो हम्बर्टविरुद्ध ६-३, ६-४, १-६, ७-५-ले जीत हासिल गरे। स्पेनका स्टार खेलाड़ीले आफ्नो करियरमा नवौंपल्ट कुनै प्रमुख टुर्नामेण्को अन्तिम आठमा स्थान बनाए। यसरी अल्काराज प्रमुख टुर्नामेण्टहरूमा सर्वाधिकपल्ट क्वार्टर फाइनलमा पुग्ने संयुक्त रूपले स्पेनका तेस्रो खेलाड़ी बने। यस सूचीमा २२ पल्टका ग्राण्ड स्ल्याम विजेता रफायल नडाल शीर्षमा छन्, जसले ४७ पल्ट ग्राण्ड स्ल्यामको क्वार्टर फाइनलमा स्थान बनाएका छन्। त्यसपछि डेविड फेरर रहेका छन्, जसले १७ पल्ट प्रमुख टुर्नामेण्टको क्वार्टर फाइनल खेलेका थिए। फेररले आफ्नो करियरमा कुनै ग्राण्ड स्ल्याम खिताब चाहिँ जित्न सकेनन्। यसरी अल्काराज चाहिँ जुआन कार्लोस फेरेरो र मेनुएल ओराण्टेसको बराबरीमा पुगेका छन्। अब क्वार्टर फाइनलमा अल्काराजको भिड़न्त अमेरिकाका टमी पलसँग हुनेछ, जसले पुरुष एकल वर्गको अन्य एउटा म्याचमा स्पेनका रोबर्टो बतिस्ता अगुटलाई ६-२, ७-६, ६-२-ले पराजित गरे। पल पहिलोपल्ट विम्बल्डनको क्वार्टर फाइनलमा पुगेका छन्।
पुरुष एकल वर्गमा अष्ट्रेलियन ओपन च्याम्पियन इटलीका यानिक सिनर पनि क्वार्टर फाइनलमा पुगे। विश्वका नम्बर एक खेलाड़ी सिनरले १४औं वरीयता प्राप्त बेन शेल्टनलाई ६-२, ६-४, ७-६-ले पराजित गरे। क्वार्टर फाइनलमा सिनरको भिड़न्त दिग्गज दानिल मेदवेदेवसँग हुनेछ। प्रतिद्वन्द्वी खेलाड़ी ग्रिगोर दिमित्रोवले पहिलो सेटको अवधि खुट्टामा लागेको चोटले गर्दा खेल छोड़्ने फसेला गर्दा मेदवेदेव सजिलै क्वार्टर फाइनलमा पुगे।
यसरी महिला एकलमा दोस्रो वरीयता प्राप्त अमेरिकी खेलाड़ी कोको गौफलाई उनकै देशकी एम्मा नवारोले सीधा सेटमा ६-४, ६-३-ले पराजित गरिन्। यसरी अमेरिकाकी मेडिसन कीजले चोटले गर्दा म्याचबाट हट्ने फसेला गर्दा इटलीकी जेस्मिम पाओलिनीले क्वार्टर फाइनलमा स्थान बनाइन्। पाओलिनीले पहिलो सेट ६-३-ले जितेपछि कीजले दोस्रो सेट ७-६-ले जितेकी थिइन्। त्यसपछि तेस्रो सेटमा ५-५-को स्कोरमा कीजले खेल छोड़्ने फसेला गरिन्। अब क्वार्टर फाइनलमा पाओलिनी र नवारोबीच भिड़न्त हुनेछ। क्वालीफायर लुलु सनले पनि क्वार्टर फाइनलमा स्थान बनाइन् जहाँ उनको भिड़न्त डोना वेकिचसँग हुनेछ। न्यूजील्याण्डकी सनले २०२१-की यूएस ओपन च्याम्पियन ब्रिटेनकी एम्मा राडुकानूलाई ६-२, ५-७, ६-२-ले पराजित गरिन्। विम्बल्डनको महिला एकलमा कुनै क्वालीफायर खेलाड़ीले क्वार्टर फाइनलमा प्रवेश गरेको २०१० पछि यो पहिलोपल्ट रहो। वेकिचले वर्षाले प्रभावित म्याचमा पाउला बाडोसालाई ६-२, १-७, ६-४-ले पराजित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement