दुधे मा इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्ट शुरु

IMG-20240708-WA0161

दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को आयोजनमा आइतवार (७ जुलाई)-देखि इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट शुरु भयो। दुधे फूटबल मैदानमा भएको टुर्नामेण्टको उद्घाटन म्याचमा गोरुबथानको शिरमोर आर्मी बोइजले मिक्स्ड अप् बोइज, खरसाङलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट म्याचमा गिडोन लेप्चाले ३७औं र ४३औं मिनटमा २ गोल गरे। यसबाहेक रबिन्द्र थापाले ५२औं र लाक्पा गुरुङले ५५औं मिनटमा गोल गरे। म्याचमा प्रवीण प्रधान मुख्य रेफरी थिए। यसरी सहायक रेफरीको भूमिकामा रुस्तम प्रधान र सुरज राई थिए। अब सोमवार खेलिने म्याचमा सीबीएफसी सालबारी र अल स्टार बागडोग्राबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement