वर्षा यामलाई मध्यनजर गर्दै विधायक निरज जिम्बाद्वारा समष्टिहरुमा तारपोलिन वितरण

IMG-20240708-WA0119

दार्जीलिङ: वर्तमान पहाडमा अविरल वर्षालाई मध्यनजर गर्दै दार्जीलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बाद्वारा आपतकालीन सहयोग पुर्‍याउन हेतु चौधवटा समष्टिहरुमा तारपोलिन वितरण कार्यको शुरुआत गरेका छन्।
यसै क्रममा विधायक जिम्बाद्वारा गोरामुमो दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत रहेका प्रत्येक समष्टिलाई तीसवटा तारपोलिन वितरण गरेका छन्। यसै क्रममा पुल बिजनबारी समष्टि अध्यक्ष गाइस सुब्बालाई तीसवटा तारपोलिन विधायक जिम्बाको बाहुलीबाट हस्तान्तरण गरेका छन्। अविरल वर्षाको कारण आउन सक्ने विकट परिस्थितिलाई मध्यनजर गर्दै आपतकालीन सहयोगको निम्ति समष्टिमा तारपोलिनको सहयोग गरिदिएकोमा विधायक निरज जिम्बालाई समष्टिको तर्फबाट आभार व्यक्त गर्दछौं भनी गाइस सुब्बाले जनाएका छन्। विगतको दिनहरुमा पनि विधायक निरज जिम्बाद्वारा समष्टिलाई आपतकालीन सहयोगहरु प्राप्त भएको गाइस सुब्बाले थप जानकारी दिएका छन्। यसै क्रममा आफ्नो विधानसभा क्षेत्र नपरे पनि तकदाह टिस्टा भेल्ली समष्टिलाई मानवीय सहयोग पुर्‍याउदै समष्टिको निम्ति तीसवटा तारपोलिनको सहयोग पुर्‍याएको समष्टिका अध्यक्ष सुदेश राईले जानकारी दिएका छन् । उनले बताए अनुसार विधायक निरज जिम्बाले हाम्रो समष्टिमा यस्ता धेरै सहयोगहरु पुर्‍याएका छन्। बिरामीहरुदेखि लिएर अन्य विभिन्न समस्या आइपरेको खण्डमा विधायक निरज जिम्बाद्वारा सहयोगहरु प्राप्त भएको सुदेश राईले जानकारी गराउँदै समष्टिको तर्फबाट धन्यवाद दिएका छन् । त्यसरी नै चुङथुङ मेरिबुङ समष्टिलाई पनि विधायक निरज जिम्बाद्वारा तीसवटा तारपोलिन समष्टि अध्यक्ष जेके राईलाई हस्तान्तरण गरेका छन्। समष्टिमा आउन सक्ने संकटलाई मध्यनजर गर्दै आपतकालीन सहयोग पुर्‍याएकोमा समष्टिको तर्फबाट जेके राईले विधायक निरज जिम्बाप्रति आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement