अबिरल वर्षाका कारण इटहरीका विद्यालयहरू बिदा

IMG-20240708-WA0063

बिराटनगर: अबिरल वर्षाका कारण सुनसरी स्थित इटहरीका विद्यालयहरूमा बिदा दिइएको छ। इटहरी उपमहानगरपालिकाले रविबार जुलाई ७मा त्यहाँ रहेका सबै विद्यालयहरूमा बिदा दिने सूचना जारी गरेको हो।मेयर हेमकर्ण पौडेलद्धारा जारी सूचनाअनुसार निरन्तरको वर्षाका कारण पठनपाठन गर्न समस्या भएका कारण बिदा दिइएको हो। बिदाको दिन पठनपाठनसहित परीक्षासमेत सञ्चालन नगर्न/नगराउन सूचनामा उल्लेख गरिएको छ। शनिबारदेखि कोशी प्रदेशसहित देशैभर अबिरल वर्षात हुँदा जनजीवन प्रभावित बन्दै गएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement