विराटनगर: रिक्त रहेको कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव महेन्द्रप्रसाद गुरागाईँलाई नियुक्त गर्न प्रदेश सरकारले सिफारिस गरेको छ।मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा रविबार७जुलाई बसेको सिफारिस समितिको बैठकले उनलाई नियुक्ति गर्न सिफारिस गरेको हो। लामो समय निजामती सेवामा काम गरेका गुरागाईँसँग लोक सेवा आयोगमा काम गरेको अनुभव पनि छ। उनले दुई वर्षअघि सेवाबाट अवकाश लिएका थिए। तेह्रथुमको म्याङ्लुङ पुरानो घर भएपनि उनको परिवार मोरङको उर्लाबारीस्थित मंगलबारेमा रहेका छन्। सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी व्यवस्था छ। प्रदेश लोक सेवा आयोग ऐन २०२० अनुसार आयोगको अध्यक्ष समयावधि ६ वर्षको हुन्छ। यसअघिका अध्यक्ष उत्तम भट्टराईले उमेर हदका कारण अवकाश लिएका थिए।