बेलबारी स्थित लक्ष्मीमार्गको लक्ष्मी खेल मैदानमा प्याराफिट निर्माण हुने

IMG-20240708-WA0067

बिराटनगर: मोरङको बेलबारी नगरपालिका ११ स्थित लक्ष्मीमार्गमा रहेको लक्ष्मी खेल मैदानमा प्याराफिट निर्माण गरिने भएको छ। कोशी प्रदेश सरकारबाट प्राप्त हुन लागेको ४० लाख को लागतमा प्याराफिट निर्माण हुने भएको हो। चालु आर्थिक वर्ष २०२३/२०२४ मा कोशी प्रदेश सरकारले नै उपलब्ध गराएको १८ लाख रुपियाँको लागतमा खेल मैदानमा फलामको बार निर्माण गरी घेराबारा गरिएकोमा आगामी वर्ष प्याराफिट निर्माण हुने भएको हो। स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको नाममा दर्ता रहेको लक्ष्मी खेल मैदान डेढ बिघा क्षेत्रफलमा फैलिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement