चोटले गर्दा वर्ल्ड च्याम्पियनशीपबाट हट्न वाध्य भइन् सिन्धु

IMG-20220814-WA0109.jpg

१४ अगस्तः भारतकी स्टार ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धुले देब्रे खुट्टामा स्ट्रेस फ्र्याक्चरले गर्दा आउँदो ब्याडमिण्टन वर्ल्ड च्याम्पियनशीपबाट नाम फिर्ता लिएकी छन्। दुईपल्टकी ओलम्पिक पदक विजेताले ट्वीटरमा बयान साझा गरी २०२२ वर्ल्ड च्याम्पियनशीपबाट हट्न वाध्य भएको बताएकी छन्। सिन्धुले २०१९-मा वर्ल्ड च्याम्पियनशीपमा स्वर्ण पदक जितेकी थिइन्। उनी बीडब्ल्यूएफ वर्ल्ड च्याम्पियनशीपमा सबैभन्दा सफल भारतीय खेलाड़ी हुन्। उनले यस प्रतिष्ठित टुर्नामेण्टमा अहिलेसम्म एउटा स्वर्ण, दुईवटा रजत र दुईवटा काँस्यसहित जम्मा ५ वटा पदक जितिसकेकी छन्। वर्ल्ड च्याम्पियनशीपको आयोजन २१-देखि २८ अगस्तसम्म टोक्योमा हुनेछ।
हड्डी या उत्तकमा अत्याधिक दबाउ पर्दा हुने हल्का फ्र्याक्चर या सुन्निएकोलाई स्ट्रेस फ्र्याक्चर भनिन्छ।
सिन्धुले एउटा बयानमा भनेकी छन्, कमनवेल्थ गेम्समा स्वर्ण पदक जितेपछि म शिखरमा छु। दुर्भाग्यवश म वर्ल्ड च्याम्पियनशीपबाट हट्न वाध्य भएँ। कमनवेल्थ गेम्समा क्वार्टर फाइनलपछि चोटको पीढ़ा अनुभव भइरहेको थियो। त्यसपछि आफ्ना प्रशिक्षक, फिजियो र ट्रेनरको सहायताले जति सक्दो अघि बढ़्ने फसेला गरे। उनले अझ भनेकी छन्, फाइनलको अवधि चोट निक्कै दुखिरहेको थियो। यसैकारण हैदराबाद फर्किनको साथै एमआरआई गराएँ। डाक्टरहरूले मेरो देब्रे खुट्टामा स्ट्रेस फ्र्याक्चर भएको पुष्टि गरे। अब मैले केही हप्ता आराम गर्नु पर्नेछ। केही हप्ता आराम गरेपछि फेरि अभ्यास शुरु गर्नेछु। समर्थन र मायाको निम्ति तपाईंहरू सबैलाई धन्यवाद।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *