कमनवेल्थ गेम्समा पदक जित्नेहरूलाई नगद पुरस्कार दियो आईओए-ले

IMG-20220814-WA0106.jpg

१४ अगस्तः भारतीय ओलम्पिक संघ (आईओए)-ले शनिवार यहाँ एउटा समारोहमा बर्मिंघम कमनवेल्थ गेम्समा पदक जित्ने खेलाड़ीहरूलाई नगद पुरस्कारको साथ सम्मानित गऱ्यो। आईओए-ले स्वर्ण पदक जित्ने प्रत्येक खेलाड़ीलाई २० लाख रुपियाँको नगद पुरस्कार दियो। यसरी नै रजत पदक जित्ने खेलाड़ीहरूलाई १० लाख र काँस्य पदक जित्ने खेलाड़ीहरूलाई ७.५ लाख रुपियाँ गरेर प्रदान गरियो। यस कार्यक्रममा आईओए-का कार्यवाहक अध्यक्ष अनिल खन्ना, महासचिव राजीव मेहता, कोषाध्यक्ष आनन्देश्वर पाण्डे र बर्मिंघम खेलहरूमा भारतका शेफ डे मिशन (दल प्रमुख) राजेश भण्डारी सहित अन्य व्यक्तिहरू उपस्थित थिए। खन्नाले भारतीय एथलीटहरूका प्रदर्शनको सराहना गरे, जसले गर्दा देश यस बहु-खेल स्पर्धाबाट शूटिंगको अनुपस्थितिमा पनि पदक तालिकामा चौथो स्थानमा रह्यो। भारतले बर्मिंघम कमनवेल्थ गेम्समा २२ वटा स्वर्ण, १६ वटा रजत र २३ वटा काँस्यसहित जम्मा ६१ वटा पदक जित्यो। गोल्ड कोस्ट कमनवेल्थ गेम्स (२०१८)-मा देशले केवल शूटिंगमा १६ वटा पदक जितेको थियो। बर्मिंघम खेलहरूमा चाहिँ शूटिंग खेल थिएन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *