देवकुमार खाती स्मृति नक्आउट फूटबलः समर्पण फाउण्डेशनको जीत

IMG_20220814_110919.jpg

१४ अगस्त: बन्दाखेती स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार खेलिएको दोस्रो राउण्डको म्याचमा समर्पण फाउण्डेशनले रोमाञ्चक जीत हासिल गऱ्यो। लंगभ्यू बन्दाखेती खेल मैदानमा भएको म्याचमा समर्पण फाउण्डेशनले गोर्खा बोइजलाई १-०-ले पराजित गऱ्यो। म्याचमा एकमात्र गोल सनम थापाले छिराए। विजेता टीमका सन्तोस पासवानलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २८ अगस्तमा खेलिनेछ। फाइनल ४ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement