दलाई लामाको जन्मदिवसको अवसरमा १०८ वटा विरुवा रोपण

n620956054172029011980697abbcf11b091ee8a4fc0fc72c1237bc7accde34176e5be71ae285b638d1beb0

गान्तोक: सिक्किम पर्यावरण पर्व अन्तर्गत जारी विभिन्न गतिविधिहरूको क्रममा आज डीओपी, योजना एवं विकास विभागले विरुवा रोपण कार्यक्रम आयोजन गऱ्यो। पर्यावरण संरक्षणप्रति प्रतीकात्मक पहलको रूपमा उक्त दुई विभागका अधिकारीहरू र कर्मचारीहरूले आज बुलबुलेमा १०८ विरुवा लगाइयो। यस पहलको अगुवाई सचिव रिन्जिङ छेवाङ भोटियाले गरेका थिए। परमपावन दलाई लामाको जन्मदिवसको अवसर पारेर विरुवा रोपण गरिएको बताइएको छ। आज लगाइएका विरुवाहरू वन तथा पर्यावरण विभागले उपलब्ध गराएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement