पदकले खेलाड़ीको जीवन र समाज ब‌द्लिने दावी गरिन् पहलवान साक्षीले

IMG-20240706-WA0234

मुम्बई: रियो ओलम्पिकमा काँस्य पदक जित्ने महिला पहलवान साक्षी मलिकले बताएअनुसार, ओलम्पिकमा पदक जित्दा खेलाड़ीको जीवन मात्र नब‌द्लिएर यसले समाजमा पनि सकारात्मक परिवर्तन ल्याउँछ। साक्षी रियो ओलम्पिक २०१६-मा देशको निम्ति पदक जित्ने पहिलो महिला पहलवान बनेकी थिइन्। साक्षी (३१ वर्ष)-ले भनिन्, ओलम्पिकमा हिस्सा लिए पदक जित्ने खेलाड़ीको मात्र नभएर पूरा परिवारको सपना हुन्छ। ओलम्पिक पदक जित्दा खेलाड़ीको मात्र जीवन नबद्लिएर उनको परिवार, समाज र गाउँको जीवन पनि बद्लिन्छ। भारतकी यस महिला पहलवानले ८ साल अघि उनले पदक जितेपछि उनकी गृहनगर रोहतकमा खेलको बुनियादी ढाँचामा व्यापक बद्लाउ आएको दावी गरिन्। साक्षीले भनिन्, मैले पदक जितेपछि धेरै महत्त्वपूर्ण बद्‌लाउहरू भयो। रोहतकको छोटू राम स्टेडियम अहिले एसी हलमा परिणत भएको छ। मेरो गाउँमा एउटा स्टेडियम पनि बनाइएको छ अनि त्यसलाई मेरो नाममा राखिएको छ। यो असल कुरा हो। साक्षीले अझ भनिन्, ओलम्पिक पदकको अलग महत्त्व छ कारण यसले विशेषगरी नानीहरूका निम्ति धेरै अवसर बनाउँछ। युवाहरूलाई खेलमा सामेल हुने प्रेरणा दिन्छ। यसले उनीहरूलाई असल सुविधाहरूबीच अभ्यास गर्ने मौका प्राप्त हुन्छ। हरियाणामा कुश्ती धेरै लोकप्रिय छ। वैश्विक स्तरमा महिला पहलवानहरूले धेरै राम्रो प्रदर्शन गरिरहेकी छन् अनि धेरै बालिकाहरूले यस खेललाई अप्नाइरहेकी छन्। उल्लेखनीय छ, पेरिस ओलम्पिकको निम्ति ६ जना भारतीय पहलवानले क्वालीफाई गरेका छन्, जसमा ५ जना महिला रहेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement