हरारे (जिम्बाब्वे): जिम्बाब्वे यात्रामा रहने भारतीय टीमले पहिलो टी२० म्याचमै निराशाजनक हारको सामना गर्नु पऱ्यो। टी२० सीरीजको पहिलो म्याचमा शनिवार आयोजक जिम्बाब्वेले आईसीसी टी२० वर्ल्ड कप च्याम्पियन भारतलाई १३ रनले पराजित गऱ्यो। यस जीतको साथै जिम्बाब्वेले ५ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। युवा खेलाड़ीहरू लिएर जिम्बाब्वे जाने भारतीय टीम आज केवल ११६ रनको लक्ष्यलाई खेदो गर्दै १९.५ ओभरमा १०२ रन बनाएर अलआउट भयो। हरारे स्पोर्ट्स क्लबमा भारतको शुरुवात खराब रह्यो अनि केवल २२ रनमा ४ विकेटको पतन भइसकेको थियो। यसैकारण भारतले म्याचमा अधिक मौका बनाउन सकेन। भारतीय टीमबाट कप्तान शुभमन गिलले सर्वाधिक ३१ रन बनाए। उनले २९ बल खेलेर ५ वटा चौका लगाए। यसबाहेक अलराउण्डर वाशिंगटन सुन्दरले २७ र आवेश खानले १६ रनको योगदान दिए। जिम्बाब्वेका कप्तान सिकन्दर रजा र तेण्डाई छताराले ३-३ विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै जिम्बाब्वेले २० ओभरमा ९ विकेट गुमाएर ११५ रन बनायो। जिम्बाब्वेबाट विकेटकीपर ब्याटर क्लाइव मदान्देले अविजित २९ रन बनाए। उनले २५ बल खेलेर ४ वटा चौका लगाए। यसबाहेक डिओन मायर्सले २३, ब्रायन बेनेटले २२ र ओपनर वेस्ली माधवेरेले २१ रनको योगदान दिए। भारतीय बलरहरूमा रवि बिश्नोईले सर्वाधिक ४ र वाशिंगटन सुन्दरले २ विकेट लिए। जिम्बाब्वेका कप्तान रजाले अलराउण्ड प्रदर्शनको निम्ति प्लेयर अव् द म्याचको पुरस्कार जिते। यी दुई टीमबीच दोस्रो टी20 म्याच आइतवार खेलिनेछ।