धर्मगुरू दलाई लामाको जन्मदिनमा रोगीहरूलाई आर्थिक सहयोग प्रदान

IMG-20240706-WA0228

गान्तोक: बौद्ध धर्मगुरू परमपावन दलाई लामाको 89औं जन्मदिनको अवसरमा आज मुख्यमन्त्री कार्यलयले एसटीएनएम अस्पतालमा उपचाराधिन विभिन्न रोगीहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा मुख्यमन्त्री चिकित्सा राहत कोषबाट यी उपचाराधिन रोगीहरूलाई सहयोग राशी प्रदान गरेको हो। मुख्यमन्त्री कार्यलयको चिकित्सा अधिकारीहरूले आज एसटीएनएम अस्पतालमा पुगेर सहयोग राशी रोगी साथै तिनीहरूको परिवारलाई हस्तान्तरण गरे। यसरी उपचारको निम्ति सहयोग राशी उपलब्ध गराएकोमा रोगी साथै तिनीहरूको परिवारको सदस्यहरूले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement