मन्त्री लामाले राखे केन्द्रीय मन्त्रीसमक्ष विभिन्न माग

IMG-20240706-WA0227

गान्तोक: सिक्किम सरकारको जनस्वास्थ्य अभियान्तिकी विभागीय मन्त्री सोनाम लामाले नयाँ दिल्लीको आफ्नो भ्रमणको क्रममा आज संसदीय र अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजुसँग भेटघाट गरे। बैठकमा सिक्किमको लामो समयदेखि संघ स्तरमा रहेको योजनाबारे जानकारी गराए। मन्त्री लामाले केन्द्रीय सहयोग नहुँदा विभागले भोग्नुपरेको चुनौतीलाई प्रकाश पारे। उनले केन्द्रीय मन्त्रीलाई यस मुद्दालाई सम्बोधन गर्ने माग गरे। परम पावन १७औं ग्याल्वा कर्मापा उगेन थिन्ले दोर्जेको सिक्किमको भ्रमणको प्रस्ताव राख्दै आध्यात्मिक धर्मगुरुको आगमन गर्न राज्य सरकारको तत्परताबारे उल्लेख गरे। साथै हालै सिक्किमलाई असर गरेको प्राकृतिक प्रकोपको प्रभावलाई कम गर्न विभिन्न उपायहरूको रूपरेखा प्रस्तुत गर्दै विस्तृत योजना प्रस्तुत गरे। केन्द्रीय मन्त्री किरण रिजिजुले उठाएका सबै मागको धैर्यतापूर्वक सुनेर प्रभावकारी रूपमा सम्बोधन गर्न आश्वासन दिए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङ र सिक्किमका जनतालाई हालैको निर्वाचनमा अत्याधिक समर्थन गरेकोमा बधाई दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement