प्रेस क्लब अफ्‌ सिक्किम र सांस्कृति विभागको तत्वावधानमा पोइटिक कन्क्लेबको आयोजना

IMG-20220813-WA0174.jpg

गान्तोक: प्रेस क्लब अफ्‌ सिक्किम र सिक्किम सरकारको संस्कृति विभागको संयुक्त तत्वावधानमा आजादीका अमृत महोत्सवअन्तर्गत आज राजधानी गान्तोकस्थित मनन केन्द्रको मिनी हलमा पोइटिक कन्क्लेव (कवि सम्मेलन) २०२२ आयोजना गरियो। यस अवसरमा वरिष्ठ वास्तुकार तथ सिक्किम सरकारका पुर्व सचिव किरण रसाईली, चलचित्र निर्देशक तथा नाटककार चुनिलाल घिमिरे, सांस्कृतिक विभागकी संयुक्त सचिव सोनाम वाङमू भोटिया, साहित्यकार टीबी चन्द्र सुब्बा, भीम प्रधान, वरिष्ठ पत्रकार अनिता निरौला, प्रेस क्ल्‌ब अफ् सिक्किमका अध्यक्ष शेखर खवास लगायत अन्यको विशेष उपस्थिति रहेको थियो
कार्यक्रममा सांस्कृतिक विभागका कलाकारहरूले विविध देशभक्ति गीत सङ्गीतहरू प्रस्तुत गरेका थिए। यसरी नै कार्यक्रममा अनसङ हिरोज अङ्ग इण्डिया, इण्डिपेण्डेन्स फ्रिडम फाईटर( ओझेलमा परेका स्वतन्त्रता सेनानी) विषयमाथि नर बहादुर भण्डारी डिग्री कलेज तादोङका प्राध्यापक डा. राजेन उपाध्यायले वार्ता प्रस्तुत गरे। भने प्रोङ्गेसर सत्यदीप छेत्रीले पनि सम्बोधन गरे। यसै अवसरमा साहित्यकार भीम प्रधानलाई बाल साहित्यमा उनको योगदानको मूल्यामन गर्दै सम्मान पनि जनाइयो।
कार्यक्रममा कविहरू दीपा राई, जगन्नाथ दाहाल, उषा शर्मा,एन बी घिमिरे, प्रदीप लोहागण, युनिता पाण्डे, पूनम शर्मा,किशन दाहाल, अमर वानियॉं लोहोरो, रूपा तामाङ, जीविका अश्रु, विशाल विश्र्वकर्मा,भक्ति बस्नेत,तेजमान बराईली,कुबेर बिष्ट,मनिका शर्मा,लुईस बिष्ट,सोएल घिमिरे, तुलसी घिमिरे किशोर मोक्तान अनि अन्यले कविता वाचन गरे। यस अवसरमा नेपाली,हिन्दी र अंग्रेजी कविता पठन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *