जलपाईगढी: ‘’मैले आत्मसमर्पण गरेको छु, ममता ब्यानर्जी मेरो आदर्श हुन्’, तृणमूल नेता गौतम गोस्वामीले आज जमिन कब्जा मुद्दामा अदालतमा उपस्थित हुँदा यी कुराहरू भने। एसजेडीए बोर्ड सदस्य तथा तृणमूल दौग्राम-फुलबारीका उपाध्यक्ष गौतम गोस्वामीलाई सरकारी जमिन कब्जा प्रकरणमा हिजो दिल्लीबाट पक्राउ गरिएको थियो। उनलाई शनिबार जलपाईगढी अदालतमा ल्याइएको थियो। यसै क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘म ममता ब्यानर्जीलाई देखेर जनताको सेवा गर्न राजनीतिमा आएको हुँ। मुख्यमन्त्रीलाई निष्पक्ष सुनुवाइ हुन्छ भन्ने विश्वास थियो, त्यसैले आत्मसमर्पण गरेंl’ अदालतले उनलाई १० दिनको पुलिस हिरासतमा पठाएको छ। सरकारी वकिल मृण्मय ब्यानर्जीले शनिबार दिउँसो यो जानकारी दिए।