कोचबिहार: केही दिनदेखि परेको भारी वर्षाका कारण कोचबिहारका विभिन्न नदीहरूमा पानीको सतह बढेको छ। तुफानगञ्ज न० १ ब्लक, नटबारी न० २ ग्राम पञ्चायत, जगिर चिलखाना, सहपारा क्षेत्रमा गड्डाधार नदीको बाँध भत्किएकाले गडाधार नदीको पानीले पुरै क्षेत्र डुबानमा परेको छ। जसका कारण यस क्षेत्रका सयौं परिवार समस्यामा परेका छन्। गएरातिदेखि खोलामा पानी बढ्न थालेको स्थानीयवासीले बताएका छन्। नदीको पानी क्षेत्रमा प्रवेश गरेको छ। अहिले झण्डै दुई सय परिवार पानीमा अलपत्र परेका छन्। पूरै क्षेत्र पानीमा डुबेका कारण बिहानैदेखि उक्त क्षेत्रमा बाढी कसैको घरमा पुगेको छैन। अहिले सो क्षेत्रमा पानीको बहाव बढेपछि सो क्षेत्रका बासिन्दा त्रासमा छन्। स्थानीय बासिन्दाले उक्त क्षेत्रका विभिन्न उच्च स्थानमा शरण लिएका छन्।