वर्षाले तराईदेखि पहाडसम्म जनजीवन प्रभावित

IMG-20240706-WA0152

 सिलगढी : उत्तर बंगालमा लगातार वर्षाका कारण पहाडदेखि तराईसम्म जनजीवन प्रभावित बनेको छ। हिमाली तथा तराईमा वर्षाका कारण सबै नदीमा पानीको बहाव बढेको छ।नदीमा पानीको बहाव बढेसँगै एकातिर समतल क्षेत्रमा पानी पस्न थालेको छ भने अर्कोतिर पहाडमा पहिरो जाने क्रम जारी छ। पश्चिम बंगाल र सिक्किमको लाइफलाइन मानिने राष्ट्रिय राजमार्गमा धेरै ठाउँमा पहिरो खसेको छ, जसका कारण सडक पूर्ण रूपमा बन्द भएको छ। सेल्फी प्वाइन्ट (१९औं माइल) मा पहाड काट्ने कामका कारण सेतीझोरादेखि चित्रेसम्म एनएच १० बन्द छ। मरम्मत र जलमग्नताका कारण रवि झोरादेखि टिष्टा बजार बन्द भएको छ। कालेबुङदेखि सिलगढी हुँदै पनबु सडक खुला छ।

रम्फूदेखि लाभा हुँदै मानसोङ सडक अझै खुला छ। कालेबुङबाट लाभा एनएच ७१७ ए हुँदै सिलगढी जाने यातायात अस्थायी रूपमा पहिरोका कारण बन्द छ। राष्ट्रिय राजमार्ग १० बन्द हुँदा यात्रुले चर्को भाडा तिर्नुपर्ने र आवतजावत गर्न बाध्य हुँदा यात्रुले निकै समस्या भोग्नुपरेको छ। यसका साथै यसमा समय पनि धेरै लाग्छ। तर, जसरी अविरल वर्षा भइरहेको छ, त्यो हेर्दा तत्कालै स्थिति सुध्रने अवस्था देखिँदैन, किनभने एक ठाउँमा पहिरो सफा भइसकेको छ भने अन्य ठाउँमा पहिरो खस्ने गरेकोले भविष्यमा अवस्था झनै बिग्रने सम्भावना छl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement