सडक छेउछाउ फूल फूल्ने र फल दिने बोटका विरूवाहरू रोपण

IMG_20220813_234606.jpg

पाकिम: खण्ड प्रशासनिक केन्द्रले आज विरूवा रोपण आयोजन गर्दै पाकिमको भानु टर्निङदेखि रोडाथाङ राजमार्गतिर सडक छेउछाउ फूल फूल्ने र फल दिने बोटका विरूवाहरू लगायो।

यस कार्यक्रमको आयोजना सिक्किम ब्लसम, पीडब्ल्यूडी, कृषि, वन, पाचेखानी छलमथाङ जीपीयू, पाकिम जीपीयू, सिक्किम प्रतीभा प्रतिष्ठान र ट्याक्सी चालक संघहरूको संयुक्त तत्वावधानमा गरिएको थियो।

कार्यक्रममा क्षेत्र विधायक एम प्रसाद शर्मा मुख्य अतिथिका रूपमा उपस्थित थिए। जिल्लापालले विरूवा लगाउनुका साथै विरूवाको रेखदेखमाथि पनि बल दिए। यस अभियानमा विद्यार्थीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *