पाद्री गङ्गाप्रसाद प्रधानले नेपाली जगतलाई ठूलो योगदान दिएका छन्: रेभ डा. छत्र सुब्बा पावल
कालेबुङ: कालेबुङकाे डम्बर चौकमा भएको डिभाइन रिस्टोरेशन चर्च हलमा १७३औं पादरी गङ्गाप्रसाद प्रधान जन्म जयन्ती पालन गरिएको छ। उक्त कार्यक्रम अल क्रिश्चियन माइनोरिटी वेलफेयर अर्गनाइजेसन (एसीएमडब्लुओ) कालेबुङकाे तत्त्वाधानमा सम्पन्न गरियो। यस कार्यक्रममा कालेबुङ बजार, होम्स क्षेत्र, मन्सोङ, पेदोङ आदि क्षेत्रहरुबा पास्टरहरु र लेखकहरू उपस्थित भएका थिए।
यस सुअवसरमा प्रमुख वार्ताकारतो रूपमा वरिष्ठ साहित्यकार एंव इसाई अगुवा रेभ डा. छत्र सुब्बा पावल उपस्थित रहेका थिए। उनले पादरीको योगदान विषयमा बोल्दै मूर्ति पूजन र सालिग स्थापनाको भिन्नताबारे पनि बुझाएका थिए। मूर्ति कुनै देवी देवताको हुन्छ जसलाई आफ्नो इष्ट आस्थाको रूपमा पुज्नकाे निम्ति स्थापना गरिन्छ। तर सालिग चाहिँ कुनै योग्य व्यक्तिको योगदानलाई स्मरण, कदर अनि गर्व गर्नको निम्ति खडा गरिन्छ।

डा. छत्र सुब्बा पावलले पाद्रीमाथि बोल्दै भने, ‘पादरी गङ्गाप्रसाद प्रधानले भाषा, साहित्य, वाङमय, पत्रकारिता, अनि सम्पूर्ण बाइबल अनुवादद्वारा नेपाली जगतलाई ठूलो योगदान दिएका छन्। हामीलाई वचनले पनि आह्वान् गरेको छ कि यस्ता व्यक्तिलाई दोहोरो आदर गर्नुपर्छ।