खरसाङ गोर्खा पार्वत्य खेलकूद सङ्घको आयोजनामा दुइ दिवसीय क्याराम प्रतियोगिता शुरू

IMG-20240706-WA0207

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद सङ्घद्वारा खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा आयोजना गरिएको दुइ दिवसीय क्याराम प्रतियोगिता आजदेखि शुरू भएको छ। स्वर्गीय धर्मे तामाङ स्मृति विजेता अनि स्वर्गीय शोभा तामाङ थापा स्मृति उप विजेता यस क्याराम प्रतियोगिताको यो सातौं संस्करण हो। आजको यस उदाघाटनी समारोहको आरम्भमा स्वर्गीय धर्मे तामाङ अनि स्वर्गीय शोभा तामाङ थापाको तस्विरमा माल्यार्पण एवं धूप-दीप प्रज्वलन गरियो औ दिवंगत दुवैको आत्म शान्तिको निम्ति प्रार्थना गरियो। यसपालीको प्रतियोगितामा मोठ चौबीसजना एकल अनि बाह्रजना युगल खेलाडीहरूले भाग लिएका छन् भने आज प्रथम दिन दुवै वर्गका खेलाडीहरूले खुबै उत्साहपूर्वक क्वाटर फाइनलसम्मको खेल खेले भने आज विजयी बनेका खेलाडीहरुले भोलि अर्थात् आइतवार सेमिफाइनल अनि फाइनल खेल खेल्नेछन्। यस दुई दिवसीय क्यारम बोर्ड प्रतियोगिता विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको उप सभापति फुर्बा घिसिङले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement