गान्तोक: विद्या भारती सिक्किमद्वारा सिक्किम र दार्जीलिङमा सञ्चालित विभिन्न विद्यालयहरूमा रक्षा बन्धन पर्व हर्षोल्लासका साथ मनाइयो। विद्यालयहरूमा आचार्य आचार्याहरूले विद्यार्थीहरूलाई रक्षा बन्धनको महत्वबारे जानकारी गराए। विद्यार्थीहरूले एकअर्कालाई रक्षा बन्धन बॉंधिदिए।
यसै गरी, विद्यालयका प्रबन्धन समितिका सदस्यहरू, अभिभावकहरू विद्यालय छेउछाउका गाउँहरुमा पुगेर रक्षा बन्धन पर्व मनाए। साथै आजदेखि हर घर तिरंगा अभियान अन्तर्गत राष्ट्रिय झण्डा फहराउने कार्यक्रम पनि शुरू गरिएको बताइएको छ।