यूरो कप २०२४: पेनल्टी शूटआउटमा जीतको साथ सेमिफाइनलमा पुग्यो फ्रान्स

IMG-20240706-WA0108

ह्यामबर्ग: रोमाञ्च र उत्तेजनाले भरिएको पेनल्टी शूटआउटमा जीत हासिल गरी फ्रान्सले यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टको सेमिफाइनलमा प्रवेश गऱ्यो। शुक्रवार अबेर राति खेलिएको दोस्रो क्वार्टर फाइनल म्याचमा फ्रान्सले पोर्तुगललाई पेनल्टी शूटआउटमा ५-३-ले पराजित गऱ्यो। स्पेन र जर्मनीबीच खेलिएको पहिलो सेमिफाइनल झैं दोस्रो सेमिफाइनल पनि चरम रोमाञ्चक रह्यो, जसको निर्धारित र अतिरिक्त समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। फोल्क्सपार्कस्टेडियनमा १२० मिनटको खेलपछि पनि दुवै टीमले गोल गर्न नसक्दा पेनल्टी शूटआउट गराइयो, जसमा जोआओ फेलिक्सले मौका चुक्नको साथै फ्रान्स सेमिफाइनलमा खेल्ने अनि पोर्तुगतको विदाई तय भयो। यस हारको साथै स्टार फरवर्ड क्रिस्टियानो रोनाल्डोले यूरो कप अभियान पनि समाप्त भयो। रोनाल्डोले अगावै यो उनको अन्तिम यूरो कप रहने घोषणा गरेका थिए। यसको साथै उनको अन्तर्राष्ट्रिय करियरमा पनि विराम लाग्ने सम्भावना रहेको छ। म्याचमा पोर्तुगलले ६० प्रतिशत पोजेशनको साथ खेले पनि दुई टीमबीच अधिक अन्तर देखिएन। दुवै टीमले म्याचमा केही नजिकको मौका गुमायो। यसैकारण म्याचको फसेला पेनल्टी शूटआउटद्वारा गरियो। फ्रान्सले अब १० जुलाईमा खेलिने पहिलो सेमिफाइनलमा स्पेनको चुनौती स्वीकार्नेछ। यूरो कपमा आज राति ९:३० बजीदेखि खेलिने तेस्रो क्वार्टर फाइनलमा ईंग्ल्याण्ड र स्विट्जरल्याण्डबीच भिड़न्त हुनेछ। यसरी अबेर राति १२:३० बजीदेखि खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनलमा नीदरल्याण्डले तुर्कियाको चुनौती स्वीकार्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement