मुख्यमन्त्री प्रेमसिंह तामाङले जनाए सोरेङमा आयोजित पदयात्रमा सहभागिता

IMG-20220813-WA0172.jpg

गान्तोक: आजादीका अमृत महोत्सव अन्तर्गत आज सोरेङ जिल्लामा पदयात्रा आयोजना गरियो। सोरेङ बजारदेखि शुरू भएको पद यात्रा सोरेङ विद्यालयको खेल मैदानमा पुगेर समापन भयो। सोरेङ जिल्ला प्रशासनिक केन्द्रद्वारा आयोजित यस यात्रमा मुख्यमन्त्री प्रेम सिंह तामाङ, मन्त्रीगण, विधायकगण, सेनाका जवान लगायत अन्यहरूले पनि अंशग्रहण गरेका थिए।

आजादीका अमृत महोत्सव अन्तर्गत हर घर तिरङ्गा अभियानलाई पनि सफल तुल्याउन केही दिनदेखि राज्यमा विभिन्न प्रकारको कार्यक्रम सञ्चालन भइरहेको छ। सोही प्रकारले आज नै सोमबारियादेखि एक बाइक ऱ्यालीको पनि आयोजना गरिएको थियो। देश स्वतन्त्रता भएको ७५औं वर्षगाँठको अवसरमा एक वर्षभरि आजादीका अमृत महोत्सव कार्यक्रम देशभरि आयोजना भइरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *