बर्लिन: यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टको आयोजक जर्मनीको ट्रफी जित्ने सपना अधुरो रह्यो। शुक्रवार राति खेलिएको टुर्नामेण्टको पहिलो क्वार्टर फाइनल म्याचमा स्पेनले जर्मनीलाई २-१-ले पराजित गरी सेमिफाइनलमा स्थान बनायो। दुई अग्रणी टीमबीच म्याच आशानुरुप चरम रोमाञ्चक रह्यो, जसको फसेला अतिरिक्त समयको खेलमा भयो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। त्यसपछि म्याचको परिणाम हासिल गर्न १५-१५ मिनटको दुई हाफमा अतिरिक्त समयको खेल भयो, जसको अन्तिम मिनट (१२०औं)-मा सब्स्टीट्यूड खेलाड़ी मिकेल मेरिनोले गोल गरी स्पेनलाई सेमिफाइनलमा पुऱ्याए। मेरिनोले दर्शनीय हेडरद्वारा निर्णायक गोल गरे। यसअघि एमएचपी एरेनामा खेलिएको म्याचको पहिलो हाफमा दुवै टीमले गोल गर्न सकेन। मध्यान्तपछि चाहिँ म्याचमा ४८ प्रतिशत पोजेशनको साथ खेल्ने स्पेनले बढ़त हासिल गऱ्यो। डानी ओल्मोले ५१औं मिनटमा स्पेनिश टीमलाई बढ़त दिलाए। त्यसपछि जर्मनीले लगातार प्रयास गरे पनि एक समय स्पेनको जीत तय लागिरहेको थियो तर आयोजक टीमले निर्धारित समयको अन्तिम क्षणमा बराबरी हासिल गऱ्यो। सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा आउने फ्लोरियन विर्त्जले ८९औं मिनटमा गोल गरी म्याचलाई १-१-को बराबरीमा पुऱ्याए। यसरी निर्धारित समयमा स्कोर बराबरीमा रहँदा अतिरिक्त समयको खेल भयो, जसमा स्पेनले जीत हासिल गऱ्यो। स्पेनिश टीमका अनुभवी डिफेण्डर डानी कार्भाहाललाई दोस्रो हाफको इञ्ज्युरी टाइमको पाँचौं मिनटमा रेड कार्ड देखाइयो।