बिराटनगर: सुनसरी जिल्ला स्थित धरानका मेयर हर्क साङ्पाङ्गले आफ्नै कार्यकक्षमा प्रहरी बोलाएर पत्रकार संजीता धमलालाई बाहिर निकालेका छन्। भिडियोमा सार्वजनिक रुपमा बेज्जत गरेपछि आएको हुॅ प्रमाण दिन हैन भन्दै धमलाले जथाभावी फेसबुकमा स्टाटस लेखेर नागरिकको चरित्रहत्या नगर्नु भनेर उनलाई सम्झाउन खोजेकी हुन्छिन्। तर मेयर साम्पाङले तपाई मलाई सिकाउने भन्दै बिवाद उत्पन्न भएपछी धमलालाई नगर प्रहरी र नेपाल प्रहरी लगाएर जबर्जस्ती बाहिर निकालेको भिडियो अहिले सामाजिक सन्जालमा भाईरल हुँदै आएको छ। उनिहरुको के बिषयमा बिवाद भएको हो खुलेको छैन।