झापा गाउँपालिकामा पतिद्वारा पत्नीको हत्या

IMG-20240706-WA0084

बिराटनगर: झापाको दक्षिणी सीमावर्ती झापा गाउँपालिकाको कामाटोलीमा पत्नीकोे हत्या गरेर पति भागेका छन् ।झापा गाउँपालिका वडा नम्बर ३ कामाटोली निवासी अन्दाजी वर्ष ३३–३४ को सतिसकुमार गणेशले आफ्नी पत्नी अन्दाजी वर्ष २४–२५ की अनिशाकुमारी गणेशको हत्या गरेका हुन्।अनिशाको हत्या उनकै पति सतिशले गरेको हुन सक्ने स्थानीयले प्रहरीलाई बयान दिएका छन्। पत्नीको हत्यापछि सतिसकुमार भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। हिजो दिउँसो पौने ४ बजे दुई छोरी विद्यालयबाट घर फर्किएपछि कोठामा आमा रक्ताम्मे अवस्थामा खाटमा लडेको देखेपछि तत्काल छरछिमेकलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेका थिए। घटना शुक्रबार दिउँसो करिब साढे १२ बजेको समयमा भएको प्रहरीको भनाइ छ। सो समय सतिसलाई स्थानीयले अनिशाको घर आसपास देखेका थिए। अनिशा पति सतिसलाई छाडेर दुई छोरीसहित छुट्टै बस्दै आएकी थिइन्। अनिशा र सतिसबीच सम्बन्ध राम्रो थिएन। सतिसले पहिला पनि पत्नीलाई कुटपिट गर्दै आइरहेका थिए। उनीहरू सम्बन्धविच्छेद गर्ने अवस्थामा पुगिसकेको र पटकपटक गाउँ छिमेकीमा सो विषयमा छलफल समेत भइसकेको स्थानीयले बताएका छन्। अनिशाको माइती घर झापा गाउँपालिका–७ सिमलबाडीनजिक झाँगाटोलीमा पर्छ। प्रहरीका अनुसार घटनापश्चात सतिस भागेको र उनको खोजी कार्य भइरहेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement