खरसाङ नगरपालिकाको विभिन्न वार्डहरूमा पैह्रो

IMG-20240705-WA0224

नगरपालिका टोलीद्वारा निरीक्षण

खरसाङ: विकारल पानी पराईले खरसाङ नगरपालिका अन्तर्गत विभिन्न वार्डहरूमा पैह्रो गएको छ। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ४, ५ र ६ साथै वार्ड नम्बर ९ मा धेरै घरका देवालहरू र बाटो धस्किएर पैह्रो झरेर कसैको घरमा क्षति गरेको छ। खरसाङ नगरपालिकाको विभिन्न वार्डहरूमा गएको पैह्रोको नगरपालिका टोलीले निरीक्षण गरेका छन्। खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङको निर्देशनमा भाइस चेयरम्यान सुवास प्रधानक अगुवाईमा नगरपालिकाको अभियन्ताहरू क्रमैले सञ्जय थापा, सोनामा लामा, प्रेम तामाङ आदिको टोलीले पैह्रो क्षेत्रको निरीक्षण गरेका छन्। उक्त निरीक्षण अवधि नगरपालिकाद्वारा रिलिफका सामानहरू प्रदान गरी उनीहरूलाई सुरक्षित स्थानमा बसिदिने आह्वान् पनि गरेका छन्।

उक्त पैह्रो निरीक्षणपछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले नगरपालिका टोलीले पैह्रो क्षेत्रको निरीक्षण गरेर रिपोर्ट संकलन गरी महकुमा शासकलाई बुझाउने कार्य गरिने बताएका छन्। उनले नगरपालिकाक पक्षबाट रिलिफको सामानहरू प्रदान गरिएको र वर्षाको समयमा कसैले नयाँ घर निर्माणको कार्य नगरिदिने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement