सिक्किम पर्यावरण पर्व अन्तर्गत मंगनमा सर सफाई कार्यक्रम आयोजित

IMG-20240705-WA0240

गान्तोक: सिक्किम पर्यावरण पर्व अन्तर्गत आज मंगन जिल्लामा सर सफाई कार्यक्रम आयोजना गरियो। वन विभागको पहलमा आयोजित सर सफाई कार्यक्रम जिल्ला प्रशासनिक केन्द्रदेखि पेन्टोकसम्म गरिएको थियो। यस अवसरमा जिल्लापाल अन्नत जैन, पुलिस अधिक्षक सोनम देट्छु भोटिया, अतिरिक्त जिल्लापाल विशु लामा लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। स्थानीयहरूलाई सर सफाई कार्यक्रममा एक मञ्च दिने साथै उनीहरूलाई वन र वातारण गतिविधिहरूलाई ध्यान केन्द्रित गराउने उद्देश्यले गत 1 जुलाईदेखि १४ जुलाईसम्म सिक्किम पर्यावरण पर्व शुरू गरेको हो।

‘एक पेड माँ के नाम’ र ‘मेरो रुख मेरो सन्तति अन्तर्गतका विभिन्न गतिविधिहरू राज्यको सबै जिल्लाहरूमा शुरू गरिएको छ, जसमा विद्यार्थीहरूका लागि आगामी दिनहरूमा हाजिरी जवाफ प्रतियोगिता र चित्रकला प्रतियोगिता जस्ता थप गतिविधिहरू आयोजना गरिने भएको छ।

About Author

Advertisement