मोहमेडन स्पोर्टिंग क्लबविरुद्ध सौरभको २ गोल, बने प्लेयर अव् द म्याच

IMG-20240705-WA0235

काेलकत्ता: काेलकत्ता फूटबल लीग २०२४-मा कालीघाट मिलन समितिको प्रतिनिधित्व गर्दै सिलगढ़ीका स्टार फरवर्ड पासाङ दोर्जी (सौरभ) तामाङले आफ्नो पहिलो म्याचमै उत्कृष्ट प्रदर्शन गरे। शुक्रवार खेलिएको म्याचमा सौरभको उत्कृष्ट प्रदर्शनको सहायताले कालीघाट मिलन समितिले मोहमेडन स्पोर्टिंग क्लबलाई २-१-ले पराजित गऱ्यो। सौरभले म्याचको ३६औं मिनटमा तुषार विश्वकर्माको पासमा लामो दुरीबाट दर्शनीय गोल गरे। त्यसपछि सौरभले फेरि ४१औं मिनटमा व्यक्तिगत दोस्रो गोलको साथ टीमको जीत सुनिश्चित गरे। मोहमेडन स्पोर्टिंग क्लबबाट इस्राफुल देवानले ८६औं मिनटमा गोल गरे। आफ्नो पहिलो म्याचमै २ गोल गर्ने सौरभले प्लेयर अव् द म्याचको पुरस्कार जिते। उल्लेखनीय छ, कलकत्ता फूटबल लीग २०२४-को विभिन्न डीविजनमा उत्तर बंगालका धेरैजना खेलाड़ीहरूले आफ्नो प्रतिभा देखाइरहेका छन्। यसमा कालीघाट एसएलए-मा विशालको साथमा प्रतीक लामा र आशिष छेत्री रहेका छन्।

यसरी कालीघाट मिलन समितिमा तुषार विश्वकर्मा, सौरभ तामाङ र पियूष ठाकुरी रहेका छन्। यसरी आर्मी रेडमा लिटन शिल, कलकत्ता कस्टममा सौरभ विश्वास, मोहन बगान सुपर जाइण्ट्समा गोलकीपर राजा बर्मन र डिफेण्डर ब्रिजेश गिरी रहेका छन्। यसरी आकाश प्रधान पनि रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement