प्रदेश भाजपाको तिरंगा यात्रा र झण्डा वितरण अभियान आरम्भ

IMG-20220813-WA0170.jpg

गान्तोक: भारतले अहिले आजादीको अमृत महोत्सव मनाइरहेको छ। स्वतन्त्रताको ७५औं वर्षगॉंठको ऐतिहासिक अवसरमा देशव्यापी रूपमा प्रत्येक घरमा तिरंगा ङ्गहराउने अभियान आजदेखि आधिकारिक रूपमा शुरू भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा १३ देखि १५ अगस्तसम्म प्रत्येक घरमा तिरंगा ङ्गहराउने अभियानलाई भारतीय जनता पार्टी, सिक्किमले पनि अघि बढ़ाइरहेको छ। आज भाजपा सिक्किमले राज्यव्यापी रूपमा तिरंगा यात्रा साथ साथै झण्डोत्तोलन तथा वितरण अभियान चलायो।
यसै क्रममा आज गान्तोक जिल्लाको तुमिन लिङ्गी निर्वाचन क्षेत्र अन्तर्गत माखा बजारमा भाजपाद्वारा एउटा तिरंगा यात्राको आयोजन गरियो। कार्यक्रममा पार्टीका प्रदेश प्रवक्ता नवीन भट्टराई, मण्डल अध्यक्ष पीके नेउपाने, जिल्ला पञ्चायत सदस्य हेमराज अधिकारीलगायत विभिन्न ग्राम पञ्चायत सदस्यगण तथा क्षेत्रभरिका लगभग २०० भाजपा कार्यकर्ताहरूले सहभागिता जनाएका थिए। माखा बजारबाट राष्ट्रिय गानका साथै शुरू भएको यस तिरंगा यात्राले बजारको परिक्रमा गर्दै सिङ्ताम-मंगन राजमार्गमा आएर टुंगिएको थियो। यस क्रममा उनीहरूले देशभक्तिका नाराहरू लगाउँदै स्थानीय सबैलाई आ-आफ्नो घरमा राष्ट्रिय ध्वज ङ्गहराउने अपील गर्दै झण्डा वितरण पनि गरेका थिए। सोही प्रकारले भाजपा युवा मोर्चाले बीजेवाईएम अध्यक्ष विकास दाहाल, महासचिव सोनम लेप्चालगायतका युवा कार्यकर्ताहरूको सक्रियतामा स्यारी निर्वाचन क्षेत्रमा झण्डा वितरण गर्नका साथै घरहरूमा यसलाई ङ्गहराउने अभियान चलाएको थियो। यसै गरी पाक्योङ जिल्लाको छुजाचेन, रम्ङ्गू बजार, सोरेङ जिल्लाको रिञ्चेनपोङ, जूम सालघारी, नाम्ची जिल्लाको नाम्ची सिङ्गीथाङ, बरङ्गुङ, गेजिङ जिल्लाको योक्सम तथा गेजिङ समष्टिमा पनि तिरंगा यात्रा अभियान चलायो। यस अभियानमा विभिन्न स्तरका पार्टी पदाधिकारीगण तथा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो। पार्टीले भोलि पनि राज्यका विभिन्न स्थानमा सो अभियान सञ्चालन गर्नेछ। यस अतिरिक्त हामी सम्पूर्ण राज्यवासीलाई आ-आफ्नो घरमा राष्ट्रिय झण्डा ङ्गहराएर यस वृहत अभियानलाई सङ्गल बनाइदिनहुन अपील गर्दछौं।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *