रंगेली बजारदेखि कुपुप हुँदै छाङ्गुसम्म बाइक ऱ्याली

IMG_20220813_232329.jpg

पाकिम: आज आजादीको अमृत महोत्सवको अवसरमा रंगेली बजारदेखि कुपुप हुँदै छाङ्गुसम्म बाइक ऱ्याली आयोजन गरियो। उक्त बाइक ऱ्याली मानिसहरूमा देशभक्तिको भावना जगाउन आयोजना गरिएको थियो। उक्त बाइक ऱ्यालीको आयोजना रिगु बीएसीद्वारा शुक्रवार गरिएको थियो।
रङ्गेली बजारदेखि शुरू भएको बाइक ऱ्याली फदमचे, जुलुक, थुम्बी पोइन्ट, नाथाङ भ्याली, नथुला, बाबा मन्दिर हुँदै छाङ्गु पुगेपछि पुनः रंगेली बजार आइपुगेर समाप्त भयो। ऱ्यालीको शुरूवात राष्ट्रिय झण्डा उत्तोलनपछि गरिएको थियो। ऱ्यालीमा सहभागी बनेका सबै बाइकरले आफ्नो बाइकमा राष्ट्रिय झण्डा लगाएका थिए। बाइकरहरूलाई लिङताम चेकपोस्टमा पुलिसकर्मीहरू र ट्रान्जिट क्याम्प, कुपुप र बाबा मन्दिरमा सेनाका अधिकारीहरूले स्वागत जनाएका थिए। रिगुका बीडीओ सावनराज ढकालको विशेष पहलमा बाइक ऱ्याली निकालिएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement