खरसाङ: लगातार रूपमा परिरहेको पानी झरीले पहाड़को चारैतिर पैह्रो गईरहेको छ भने एनएच ५५ अन्तर्गत पगलाझोड़ामा सड़क चर्किएर एनएच लाई खतरा उत्पन्न गराएको छ। एनएच ५५ अन्तर्गत घैयाबारी र महानदीबीचको सड़कको पूरा भाग नै चर्किएको कारणले गाड़ीहरू कुद्न नसक्ने अवस्थामा रहेको छ। पगलाझोड़ाको ठूलो झरना नजिकमा रहेको सडक पूरै चर्किएको अवस्थामा रहेको कारणले गाड़ीहरू कुदाउन नसक्ने अवस्थामा रहेको चालकहरूले बताएका छन्। यो रोड भएर ओहोर दोहोर गरिरहेका चालकहरू र यात्रीहरूले एनएच ५५ अन्तर्गत पगलाझोड़ा भएर गाड़ीहरू कुदाउन नसकिने गरी सड़क चर्किएको र पानी यसरी नै परिरहेको खण्डमा आज रातभरिमा सड़क पूरै पैह्रोको चपेटमा पर्ने सम्भावना देखिएको बताएका छन्।









