खरसाङ: लगातार परिरहेको मुसुलधारे पानीको कारण राजमार्ग १० को विभिन्न क्षेत्रहरुमा पैह्रो झरेर सडक बन्द रहेको छ। सड़क मार्ग बन्द भएकोले बिमारीहरू बोक्ने एम्बुलेन्सहरु पनि कुद्न नसक्ने अवस्था रहेको छ। सेवक पुलिस, रम्बी पुलिस, टिस्टा पुलिस, मल्ली पुलिस, रम्फु पुलिस अनि कालेबुङ पुलिसले राजमार्ग १० को पैह्रोग्रस्त क्षेत्रमा कुनै पनि अप्रिय घट्ना हुन नदिन २४ घण्टा नै निगरानी गरिरहेको छ भने राज मार्ग १० मा गाडी कुद्न प्रतिबन्ध लगाएको छ।