मङ्पुमा रूख ढलेर मृत्यु भएका मृतकको परिवारलाई जीटीएले तीन लाख रुपियाँ प्रदान गर्ने

IMG-20240704-WA0139

मङ्पु: मङ्पुमा रूख ढलेर मृत्यु भएका मृतक प्रकाश थापाको परिवारलाई जीटीएले तीन लाख रुपियाँ प्रदान गर्ने भएको जानकारी प्राप्त भएको छ। हिजो ४ जुलाईको मङ्पुमा रुख ढलेर एकजना सिन्कोना बगानक श्रमिकको मृत्यु भएको थियो। मृत्यु भएका प्रकाश थापाको परिवारलाई जीटीएले ३ लाख रुपियाँँ प्रदान गर्ने भएको सिन्कोना बगानको कार्यकारी सभासद रतन थापाले बताएका छन्। त्यसरी नै मृतक परिवारका एक सदस्यलाई क्याजुएल बदलीमा काम बगानमा दिने पनि सभासद थापाले बताएका छन्।
यसरी सिन्कोना बगानक कार्यकारी सभासद रतन थापाले प्राकृतिक प्रकोपमा परेर मृत्यु हुन पुगेका प्रकाश थापाप्रति गहिरो शोक सम्वेद्ना प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement