मिरिक: सभासद मिलेश राईले मिरिक थर्बु डुप्टिन समष्टिको डुप्टिन ग्राम पञ्चायत अन्तर्गत पर्ने बाढ प्रभावित क्षेत्र देउराली बस्तीको भ्रमण गरेका छन्। गत केही दिन अघि मरमा खोलाको जलस्तरमा वृद्धि भएपछि देउराली गाउँलाई नै खतरा भएको थियो। बाढले स्थानीय निकेश तामाङको बारीमा रहेको साग सब्जी साथै सुन्तलाको बोटलाई धेरै क्षति पनि पुर्याएको थियो। सोही कुरोलाई मध्यनजर गर्दै सभासद राईले आज क्षेत्रको स्थलगत भ्रमण गरेका छन्। भ्रमण अवधि उनले मरमा खोलामाथि हालको समस्या समधान हेतु अस्थायी फड्केलाई मरम्मति गर्न सहयोग गरिदिने वचन दिएका छन्। यसका साथै बाढको कारण फसल नष्ट भएपछि स्थानीय निकेश तामाङलाई कृषि विभागसँग कुराकानी गरेर नयाँ बोट विरूवाहरू पनि प्रदान गरिदिने वचन दिएका छन्। यसबाहेक मरमा खोलाको पानीलाई गाउँमा पस्न नदिन र सही दिशामा बहाउनका लागि कार्य शुरू गरेको पनि राईले बताएका छन्।