खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारेदेखि सिविटार जाने रोड पैह्रो वाधित बनेपछि आज जेसीबी लगाएर खोलाउने कार्य गरिएको छ। गत १ जुलाईको राती गएको पैह्रोको कारणले तीनधारेबाट बाघमारा बस्ती, सिविटार जाने रोड पूर्ण रूपमा बन्द रहेको थियो। पैह्रोले वाधित रोड खोलाउन जीटीए प्रमुख अनित थापाको सहयोगमा खरसाङ खण्ड पञ्चायत समितिको सदस्य कुसाङ लामाको पहलमा जीसीबी लगाएर खोल्ने कार्य बिहान ६ बजेदेखि शुरु गरिएको छ। उक्त पैह्रोले तीनधारेदेखि सिविटार जाने रोड पूर्ण रूपमा बन्द भएकोले स्थानीयहरूलाई धेरै दु:ख भईरहेको थियो। मानिसहरू सिविटार, शिवखोला, बाघमारा बस्ती क्षेत्रबाट तीनधारे जानु साथै राशन पानी लिनु जानु साथै विद्यार्थीहरू विद्यालय जानु पनि असुविधा भईरहेको थियो। त्यसको साथै बिमारीहरूलाई आपतकालीन रूपमा उपचारको लागि लानु पनि धेरै असुविधा भईरहेको थियो। उक्त पैह्रोले वाधित रोड खोलाउन बिहानदेखि जेसीबी लगाएर खोलाउने कार्य जारी रहेको छ। यसको साथै बाघमारा गोदामटार ग्राम सुधार समितिको पक्षबाट पनि पैह्रोले वाधित रोड खोलाउन हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डको सहयोगमा जेसीबी ल्याइएको तर पहिलेबाटै अर्को जेसीबी आएर पैह्रो खोलाउने कार्य भएकोले उक्त जेसीबी फर्काइएको बाघमारा गोदामटार ग्राम सुधार समितिको सभापति बिनोद तामाङ र सदस्य दिलिप सुब्बाले बताएका छन्। उक्त पैह्रो खोलाउने कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ खण्डको पञ्चायत समिति सदस्य कुसाङ लामाले लगातार परिरहेको पानीको कारणले गर्दा तीनधारेदेखि सिविटार बाघमारा बस्तीतिर जाने रोड पैह्रो गएर बन्द भएको थियो अनि उक्त पैह्रोले वाधित रोड हामीले तेतिबेला नै निरीक्षण गरेर सम्बन्धित विभागमा र जीटीए प्रमुख अनित थापा समक्ष रिपोर्ट गरिएको जानकारी गराएका छन्। उनले यो रोड खोलाउन ढिलो भएको विषयमा बोल्दै यहाँ लगातार रूपमा पानी परिरहेको र पैह्रो झरिरहेको कारणले सड़क खेलाउन निक्कै खतरा भएकोले खोलाउन ढिलो भएको र आज जेसीबी लगाएर खोलाउने कार्य चलिरहेको बताएका छन्। त्यसरी मै स्थानीय मोहन प्रधान, कल्याण तामाङले पनि यो रोड बन्द भएको कारणले स्थानीयहरूलाई धेरै असुविधा भईरहेको साथै राशन पानी, बिमारीहरू लान र विद्यार्थीहरू स्कूल जान असुविधा भईरहेको बताएका छन्। यसै क्रममा बाघमारा बस्ती गोदामटार ग्राम सुधार समितिको पक्षबाट पनि पैह्रो सफा गरेर सड़क खोलाउन पहल गरिएको र समाजकै पहलमा हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डको सहयोगमा रोड खोलाउन जेसीबी ल्याएर रोड खेलाउने कार्य गरिने थियो। तर हामीभन्दा पहिला नै सम्बन्धित विभागबाट जेसीबी लगाएर बाटो खोलाउने कार्य गरिरहेको कारणले हामीले जीसीबी फर्काएको समाजको सभापति बिनोद तामाङ र सदस्य दिलिप सुब्बाले बताएका छन्। दुवैले बताए अनुसार तीनधारेदेखि बाघमारा जाने रोडमा पैह्रो गएर रोड पूर्ण रूपमा बन्द रहेको थियो र स्थानीयहरूलाई धेरै असुविधा भईरहेको थियो। त्यसैले समाजले पनि पहल गरेको तर आज बिहानदेखि नै रोड खोलाउने कार्य गरिएकोले हामी जसले रोड खोले पनि धन्यवाद दिन चाहान्छौं भनी बताएका छन्। दुवैले रोड खोलाउन जेसीबी प्रदान गरेकोमा अजय एडवर्डप्रति आभार प्रकट गरेका छन्। उल्लेखनीय छ तीनधारेदेखि सिविटार जाने रोड प्रधानमन्त्री ग्राम सड़क परियोजना अन्तर्गत साढे 5 किलोमीटरको रहेको छ। उक्त रोडको तीनधारे चियाबारी र जोगमाया चियाबारीको माझ जस्तोमा पैह्रो गएपछि रोड वाधित बनेको थियो।