महकुमा स्तरीय प्रि-इण्डिपेन्डेन्स सम्पन्न

IMG_20220813_232113.jpg

गान्तोक: आज महकुमा स्तरीय प्रि-इण्डिपेन्डेन्स डे याङगाङ उच्चतर माध्यमिक विद्यालयमा समारोह सम्पन्न भयो। कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सचिव बिकास बस्नेत मुख्य अतिथि थिए भने एसएमसी अध्यक्ष दिपक छेत्री, प्रधानाध्यापक पुष्पराज ढुङ्गेल, एसडीएम सुजाता सुब्बा आदि उपस्थित थिए।
कार्यक्रममा बोल्दै प्रेस सचिव बस्नेतले देशका प्रधानमन्त्रीको पहल आजादीको अमृत महोत्सव र हर घर तिरंगा अभियानको सराहना गरे। उनले मुख्यमन्त्री पीएस तामाङको नेतृत्वमा सिक्किममा भइरहेका विभिन्न विकास कार्यहरूमाथि प्रकाश पारे।
कार्यक्रमको मुख्य आकर्षण देशभक्ति सांस्कृतिक प्रतियोगिता र फुटबल प्रतियोगिताको सेमिफाइनल थियो। नृत्य प्रतियोगितामा इस्ट पोइन्ट स्कूलले प्रथम, अप्पर सताम पीएसले दोस्रो र अप्पर याङगाङ जेएचएसले तेस्रो स्थान प्राप्त गरे। कार्यक्रममा ग्रीनभेल स्कूलले ड्रम ब्याण्ड प्रदर्शन गरेको थियो भने याङगाङका युवाहरूले ताइक्वाण्डो प्रदर्शन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *