देवाशिष प्रामानिकपछि अब गौतम गोस्वामी पनि पक्राउ
सिलगढी: मुख्यमन्त्री ममता बनर्जीको आदेशपछि पश्चिम बङ्गालमा भू-माफियामाथि कडाइ गर्ने प्रक्रिया जारी छ। केही समय अघि डबग्राम फुलवारी ब्लक तृणमूल कांग्रेसका ब्लक अध्यक्ष देवाशिष प्रामानिकलाई जबरजस्ती जमिन हडप्ने मामिलामा पक्राउ गरिएको थियो। उनको गिरफ्तारी पछि, अब तृणमूल कांग्रेस ब्लक सह-अध्यक्ष र एसजेडिए बोर्ड सदस्य गौतम गोस्वामी गिरफ्तार गरिएको छ। उनीमाथि जबर्जस्ती जग्गा कब्जा गरेको आरोप पनि लागेको छ। गौतम गोस्वामी दिल्लीबाट पक्राउ परेका छन्। उनी साँझसम्म सिलगढी पुग्ने अपेक्षा गरिएको छ। केही दिनअघि मुख्यमन्त्री ममता बनर्जीको आदेशपछि पूरै राज्यका साथै डबग्राम फुलवारी क्षेत्रमा पनि भू-माफियामाथि कारबाही प्रक्रिया सुरु भएको छ। देवाशिष प्रामाणिक बाहेक धेरैलाई पक्राउ गरिएको छ।










