विराटनगर: झापाको सुरुङ्गामा चारवर्ष अगाडी भएको एउटा दुर्घटनामा संलग्न चालकलाई नौ वर्ष कैद र ६० हजार रुपैँया जरिवानाको फैसला भएपछि परिवारको बिचल्ली भएको छ। २०२१ फरबरी २ मा तीनवटा सवारी एक आपसमा ठोकिदाँ दुईजनाको मृत्यु र दुईजना घाईते भएका थिए। प्र १–०४–००१ च ०१६७ कार, को १ क १६८४ नम्बरको ट्रक र प्र।०१–०१–०१३ प १७८३ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएको थियो। त्यस क्रममा कारमा सवार दुईजनाको मृत्यु भएको थियो। मोटरसाइकलमा सवार घाईते भएका थिए। रिजालको ग्यास उद्योगको ट्रक चालक विराटनगर-१५ का प्रेम वाइवा सवारी ज्यान तथा अंगभंग कसूरमा दोषी ठहर भएपछि उनलाई झापा जिल्ला अदालतले नौवर्ष कैद र ६० हजार जरिवानाको फैसला सुनाएको थियो। २०२३ दिसंबर १२ को फैसला अनुसार वाइवा अहिले कैद भुक्तान गरिरहेका छन्। विभिन्न रोगले ग्रसित वाइवा कारगारमा रहेका कारण यता परिवारको दैनिकी भने कष्टकर भएको गुनासो गरेका छन्। बिहीबार नेपाल पत्रकार महासंघ मोरङमा पीडित बनेको परिवारले पत्रकार सम्मेलनको आयोजना गरेर उद्योगमा कार्यरत मजदुर कारागारमा हुँदा उद्योगीले गर्नुपर्ने व्यवहार राम्रो नभएको गुनासो गरेका छन्। विराटनगरका उद्योगी नविन रिजालको उद्योगले उत्पादन गरेको ग्यास लिएर झापा जाने क्रममा उनको दुर्घटना भएको थियो। सवारी ज्यान तथा अंगभंगमा चलेको मुद्दामा अदालतले गरिदिएको फैसलाले परिवारको बिचल्ली भएको श्रीमती तारा वाइवाले गुनासो गरिन्। दुई छोरीसहित आमाले पत्रकार सम्मेलनको आयोजना गरी उद्योग सञ्चाालकले समेत मासिक दश हजार दिदैं आएको रकम रोकिदिएको गुनासो गरेका छन्। उद्योगको कामदारको रुपमा रहेको एकजना व्यक्ति फस्दा उनको कानुनी प्रतिरक्षा समेत कमजोर भएका कारण अदालतले दोषी ठहर गरिदिएको उनीहरुको गुनासो छ।