नयाँ दिल्ली: भारतीय पुरुष हकी टीमका कप्तान हरमनप्रीत सिंहले पेरिस ओलम्पिकमा देशको निम्ति स्वर्ण पदक जित्ने अठोट गरेका छन्। पेरिस ओलम्पिक २६ जुलाईदेखि शुरु भएर ११ अगस्तसम्म चल्नेछ। उनले यो देश र खेलका दिग्गज खेलाड़ीहरूका निम्ति वास्तविक सम्मान हुने बताए। ओलम्पिकमा ८ पल्टको च्याम्पियन भारतले टोक्यो ओलम्पिकमा काँस्य पदक जितेर ४१ सालदेखि चलेको पदकको खड़ेरी समाप्त गरेको थियो। यसपाली हरमनप्रीतको कप्तानीमा रहने टीमको लक्ष्य पेरिस ओलम्पिकमा स्वर्ण पदक जित्नु हुनेछ। भारतीय कप्तानले भने, हामी आफ्नो इतिहास र विरासतलाई अघि बढ़ाउन आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नेछौं। स्वर्ण पदक जित्नु भारत र हाम्रा सीनियर खेलाड़ीहरूका निम्ति साँचो सम्मान हुनेछ। टोक्यो ओलम्पिकमा काँस्य पदक जित्ने टीमका कप्तान रहने मनप्रीत सिंहले पनि यस्तै विचार व्यक्त गरे। यसरी नै प्रशिक्षक क्रेग फुल्टनले भने, भारतले पराजित गर्न नसकेको कुनै टीम छैन। टीमलाई मलाई डिफेन्स सम्हाल्ने, प्रतिआक्रमणमा जाने अनि म्याच जित्ने सल्लाह दिन्छु। हामी सकारात्मक मानसिकताको साथ खेल्न ओर्लिनेछौं अनि जीतको निम्ति शत प्रतिशत दिनेछौं। उल्लेखनीय छ, भारतले हालै एफआईएच हकी प्रो लीगको यूरोपेली चरणमा असल प्रदर्शन गरेको थियो।