गान्तोक: सिक्किम वीर गोरखा भूतपूर्व सैनिक कल्याण संघले आजादीको अमृत महोत्सव अन्तर्गत रक्तदान शिविरको आयोजन गऱ्यो। आफ्नो जीवनका किमती समय राष्ट्रका लागि समर्पित गरेका यी भूतपूर्व सैनिकहरूको देशको सेवाका लागि अझै पनि उतिकै जोश र उत्साह रहेको संघले बताएको छ।
यसै क्रममा संघले मानव जीवन बचाउन खूनको महत्वलाई ध्यानमा आज राजधानीको एसटीएनएम अस्पतालमा रक्तदान शिविर आयोजन गऱ्यो। संघले गत ६ अगस्तको दिन सिङताम जिल्ला अस्पताल र गत ११ अगस्तको दिन नाम्ची जेनरल अस्पतालमा पनि रक्तदान शिविर आयोजन गरेको थियो।
संघले समाजको कल्याणका लागि आफुहरू समर्पित रहेको बताउॅंदै देशका लागि कुनै पनि प्रकारको आवश्यकता परे आफुहरू योगदान दिन सदैव तत्पर रहेको बताएको छ।