गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङ आज हिमाचल प्रदेशको धर्मशाला भ्रमणमा पुगेका छन्। धर्मशालामा मुख्यमन्त्रीलाई निर्वासित तिब्बती सरकारको सेण्ट्रल टिबेटन एडमिनिस्ट्रेशनको स्वागत समितिले भव्य स्वागत जनायो।
मुख्यमन्त्री तामाङ धर्मशालामा परमपावन १४औं दलाई लामाको ८९औं जन्म जयन्ती समारोहमा सहभागी बन्न गएका छन्। धर्मशालाको थेकचेन छ्योलिङ चुकलाखाङमा आगामी ६ जुलाईका दिन आयोजना गरिने समारोहमा मुख्यमन्त्री मुख्य अतिथिको रूपमा सहभागी बन्नेछन्।
मुख्यमन्त्रीको स्वागतमा कुलु मनालीको कोली समुदाय र नेपालका कलाकारहरूले पारम्परिक प्रस्तुति दिएका थिए।

मुख्यमन्त्रीले न्यानो स्वागतप्रति हर्ष व्यक्त गर्दै क्याबिनेट सचिव छिग्याल ड्रान्यी, गृह सचिव पाल्देन डोन्डुप, सूचना एवं अन्तरराष्ट्रिय सम्पर्क सचिव कर्मा छोइङ तथा अतिरिक्त सचिवगण र प्रोटोकल अधिकारीहरूलाई धन्यवाद दिएका छन्।