भानुजयन्ती समारोह तयारीलाई लिएर मंगनका जिल्लापालले डाके समन्वय बैठक

IMG-20240704-WA0299

गान्तोक: आगामी १३ जुलाईको दिन पालन गरिने २१०औं भानु जयन्ती समारोहलाई लिएर आज मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक समन्वय सभा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता मंगन जिल्लाका जिल्लापाल अन्नत जैनले गरेका थिए भने यस अवसरमा पुलिस अधिक्षक सोनम देट्छु भोटिया, अतिरिक्त जिल्लापाल विशु लामा लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। आजको यस सभामा विशे, गरेर भानु जयन्ती समारोहको दिन आयोजना गरिने विभिन्न प्रकारको कार्यक्रमको रूपरेखाबारे चर्चा परिचर्चा गरियो। सभामा रामायण पाठ, कविता वाचन र सांस्कृतिक कार्यक्रमको आयोजना गरिने निर्णय लिएको छ। सभालाई सम्बोधन गर्दै जिल्लापाल जैनले विद्यार्थीहरूलाई अघि बढाउन साथै उनीहरूको मनोवल बढाउनको साथै विद्यार्थीहरूमा भएको प्रतिभालाई अघि ल्याउनको निम्ति विभिन्न प्रकारको प्रतियोगिता आयोजना गर्न अति आवश्यक रहेको बताए। यस वर्षको भानु जयन्ती समारोह जिल्ला प्रशासनिक केन्द्रमा आयोजना गरिने पनि आजको सभाले निर्णय लिएको छ। सोही प्रकारले खण्ड विकास अधिकारीले गत वर्ष पालन गरिएको भानु जयन्ती भव्यरूपमा सफल भएको अवगत गराए। निरन्तर परेको पानीको कारण कार्यक्रममा आमन्त्रित गरिएका निर्णायक मण्डलीका कतिपय सदस्य साथै अतिथिहरू उपस्थित हुन नसक्ने पनि सम्भावना व्यक्त गरे। मंगन जिल्लालाई जोडने विभिन्न सडकहरू खराब भएको कारण यस प्रकारको समस्या उत्पन्न हुन सक्ने उनले विचार व्यक्त गरे। यी सबै कुराहरूलाई ध्यानमा राख्दै मंगन जिल्लाभित्रका विभिन्न विद्यालयका शिक्षकवर्गलाई कार्यक्रममा आमन्त्रित गर्नुपर्ने विषयमा उनले जोड दिए। सो कार्यक्रमलाई सफल तुल्याउनको निम्ति सबै लाइन विभागका अधिकारीहरूले एक अर्कमा समन्वय राखेर काम गर्नुपर्ने निर्देश दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement