पेरिस ओलम्पिकको निम्ति छनौट ६ सदस्यीय टोलीलाई मुख्यमन्त्री तामाङले दिए शुभकामना

IMG-20240704-WA0297

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले अन्तरराष्ट्रिय आर्चर एवं सिक्किमे छोरा पद्मश्री तरुणदीप राई अनि उनका प्रशिक्षक सोनाम छिरिङ भोटियासँग भेट गरे। यस सौहार्द्रपूर्ण भेट अवधि मुख्यमन्त्री तामाङले आर्चर तरुणदीप राईलाई पेरिस ओलम्पिक २०२४-को निम्ति अग्रिम शुभकामना व्यक्त गरे। सिक्किमे छोरा आर्चर तरुणदीप राईले पुरुष रिकर्व टोलीबाट पेरिस ओलम्पिकमा सहभागिता जनाउनेछन्। मुख्यमन्त्री तामाङले तरुणदीपसँगै उनका प्रशिक्षक अनि सम्पूर्ण ६ जना भारतीय आर्चरहरूलाई ओलम्पिकको निम्ति शुभकामना व्यक्त गरेका छन्। पद्मश्री आर्चर राईले निरन्तर सफलता हासिल गरी सिक्किम अनि सिक्किमेलाई गौरान्वित बनाउन मुख्यमन्त्री तामाङले कामना गरेका छन्। मुख्यमन्त्रीसँगको भेट अवधि आर्चर तरुणदीप राईले पेरिस ओलम्पिकमा आफ्नो पक्षबाट सर्वश्रेष्ठ प्रदर्शनी गर्ने विश्वास व्यक्त गरेका छन्। हाल उनी पेरिस ओलम्पिकको पूर्ण तयारीमा रहेका छन्। पेरिस ओलम्पिक आगामी २६ जुलाईदेखि ११ अगस्त २०२४-सम्म पेरिस अनि स्टेड डी फ्रान्समा आयोजन हुनेछ।

जानकारी गराइन्छ, पद्मश्री तरुणदीप राईले यसअघि २०२४ एथेन्स ओलम्पिक, २०१२ लण्डन ओलम्पिक अनि २०२१ टोक्यो ओलम्पिकमा देशको प्रतिनिधित्व गरिसकेका छन् भने राष्ट्रिय अनि अन्तरराष्ट्रिय प्रतियोगिताहरूमा स्वर्णदेखि काँस्यसम्म अनेकौं पदकहरू हत्याउँदै आर्चेरी खेलमा सिक्किमसँगै देशकै नाम विश्वमा उज्ज्वल बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement