तरकारीको नाममा गाईवस्तु तस्करी गर्ने दुई जना पक्राउ

cb92c0f1-2dcd-400d-b669-690e23369aa1-1024x771

खोरीबारी: तरकारीको नाममा गाईवस्तु तस्करीको कालो कारोबार पुलिसले पर्दाफाश गरेको छ। पुलिसले खोरीबारीको चक्रमारीमा अपरेशन गरी २९ वटा गाई बरामद र दुई तस्करलाई पक्राउ गरेको छ। पक्राउ परेका तस्करहरुको नाम गोलप हसन र हमिदर रहमान रहेका छन्। दुवै दक्षिण दिनाजपुर जिल्लाका बासिन्दा हुन्। स्रोतका अनुसार पुलिसले बिहीबार बङ्गाल–विहार सीमा क्षेत्रको खोरीबारी चक्कर मारीमा गाईवस्तु बोकेको लरी नियन्त्रणमा लिएको छ। लरीले बिहारबाट सिलगढी गाईवस्तु लिएर गइरहेको थियो। गाईवस्तुको वैध कागजात नदेखाएको आरोपमा पुलिसले दुई तस्करलाई पक्राउ गरेको छ। लरीबाट २९ वटा गाई बरामद भएको छ। यसैबीच, पक्राउ परेका तस्करहरूलाई आज सिलगढी डिभिजनल अदालतमा पेश गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement