सिलगढी: सिलगढी महानगरीय पुलिस असिघर थाना अन्तर्गत पूर्वी बाईपास क्षेत्रको लोकनाथ मन्दिर नजिकै एक व्यक्तिको रहस्यमय मृत्यु भएको घटना सार्वजनिक भएको छ। मृत्यु हुनेको नाम सुदीप सूत्रधर (३८) रहेको बताइएको छ भने उनी असिघर थाना अन्तर्गत वार्ड नम्बर ३६ स्थित निरञ्जन नगर क्षेत्रका बासिन्दा थिए।
मृतकका जेठा दाजुले सुदीपको कसैसँग दुश्मनी नभएको बताए। उनी सेवक मोडमा रहेको कपडा पसलमा काम गर्थे। हिजो राति पुलिसले सुदीपको मृत्यु भएको खबर पाएको थियो। यहाँ, यो घटनाको सीसीटीभी फुटेज बाहिर आएको छ। जसका कारण सुदीपको हत्या भएको परिवारजनको दाबी छ। उनको शरीरमा चोटका निशानहरू भेटिएका छन्। अर्कोतर्फ, पुलिसले गएराति मृतकको लाश बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको छ। हत्या हो वा दुर्घटना हो भन्ने विषयमा पुलिसले अनुसन्धान सुरु गरेको छ।